अस्ट्रेलियामा लकडाउनको विरोधमा ठूला सहरहरूमा प्रदर्शन



अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा ठूला प्रदर्शन भएका छन् ।

सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे ।

सरकारले महामारी सङ्क्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सङ्कटकालको उपायको विरोध गर्दै शनिवार भएका लकडाउनविरोधी ठूला प्रदर्शनको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन निन्दा गर्नुभएको छ ।

प्रदर्शनका सहभागीहरूलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’ को सङ्ज्ञा दिँदै तिनले कोरोनाभाइरस फैलाउने जोखिम भएको प्रधानमन्त्री मोरिसनले बताए ।

मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको उनले बताए । यसैबीच न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताएका छन् ।

विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड–१९ का कारण थप दुई जनाको निधन भएको छ। अधिकारीहरूका अनुसार शनिबार भएका प्रदर्शनका क्रममा ५७ प्रदर्शनकारी पक्राउ परेका छन् । अस्ट्रेलियाको सरकारले सङ्क्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ।

अतिसङ्क्रामक ‘डेल्टा भेरियन्ट’को आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ ।

विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ। त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अस्ट्रेलियामा हालसम्म ३२ हजार ५९४ जनामा सङ्क्रमण भएको र ९१६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको देखेन्छि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

बेइजिङ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा

साओ पाउलो । अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा

तीन देशका अन्तरिक्ष यात्रीको निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण

फ्लोरिडा । भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू

गतवर्ष आफ्नो नेतालाई अपदस्थ गरेको विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गर्दै बङ्गलादेश

ढाका । गतवर्ष पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएपछि र उनको