चीनको हेनान प्रान्तमा बाढीमा परी ५६ जनाको मृत्यु, झेङझाओमा १२ करोड मानिस प्रभावित



मध्य चीनको हेनान प्रान्तमा वर्षापछिको बाढी तथा डुबानका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ । बाढीका कारण चार लाख ९५ हजार जनालाई अस्थायी रूपमा अन्य सुरक्षित स्थलमा लगिएको ग्लोबल टाइम्सले जनाएको छ ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक, सशस्त्र प्रहरीलाई हेनानको लागि पठाएको छ । ती सुरक्षा अधिकारी बाढीमा फसेका मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको लागि पठाइएको हो ।

चीन राज्य बाढी नियन्त्रणको लागि राहत मुख्यालयले पानीको स्रोत, आपतकालिन व्यवस्थापन र स्वास्थ्य मन्त्रालयहरूको एक टोली शुक्रवार सिन्सिआङ्ग बाढीको असरे निरीक्षण गर्न समन्वय गरेको छ ।

गएको साताको अन्तदेखि मुसलधारे वर्षाले हेनान प्रान्तलाई सताएको छ । प्रान्तीय राजधानी झेङझाओमा १२ करोड व्यक्ति प्रभावित भएका छन् । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण

रुबियो र लाभरोभबीच मलेसियामा भेट हुने

क्वालालम्पुर । मस्कोले युक्रेनमा लगातार दुई दिनमा दोस्रो ठूलो आक्रमण गरेपछि अमेरिकी विदेशमन्त्री

इयु प्रमुख भोन डेर लेयनले अविश्वासको मतको सामना गर्दै

स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले बिहीबार अविश्वास