साउदी सरकारले भन्यो-हजका क्रममा कोभिड संक्रमण भएको छैन



साउदी अरेबियाको सरकारले हजका क्रममा कोभिडको कुनै सङ्क्रमण नभएको जनाएको छ । साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार यहाँको हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न भएको भनेर सरकारले जानकारी दिएको छ ।

हजका क्रममा ठूलो भिडभाड हुने भएकोले यस क्रममा कोभिड १९ को ठूलो सङ्क्रमण हुने डर रहेको बताइएको थियो । त्यसैले पनि यहाँको सरकारले कोभिडका विरुद्धमा निकै कडा र प्रभावकारी उपायहरु अपनाएको बताएको छ । त्यसै कारणले पनि यस वर्ष हजका लागि विदेशी नागरिक आउन नदिने र स्वदेशमा मात्र निकै सानो संख्यामा गर्नुपर्ने बताइएको थियो ।

साउदी अरबका स्वास्थ्यमन्त्री ताफिक अल रबिहले हजका क्रममा कोभिडको सङ्क्रमण नदेखिएको र सरकारले सजगताका लागि निकै प्रभावकारी मापदण्ड पनि अपनाएको बताए ।

साउदी अरेबियाको मक्कामा हज गर्न आएकाहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालनाको आवश्यकतामा जोड दिइएको थियो ।

त्यसैगरी यहाँको सरकारले स्वदेशी नागरिकलाई जम्मा ६० हजार जनालाई मात्र हजका लागि आउन दिएको थियो । त्यसैगरी विदेशी नागरिकलाई पनि थोरैलाई मात्र यहाँ हजका लागि आउन दिइएको र स्वदेशी नागरिकलाई पनि ६० हजारमा मात्र सीमित गरिएको थियो । यसका कारणले गर्दा साउदी अरेबियामा हालै सम्पन्न हज सेसन सुरक्षित रुपमा सम्पन्न भएको, अर्थात् कोभिड फ्रि रुपमा नै यो सम्पन्न भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा ३० प्रतिशत

चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

बेइजिङ । चीनमा सन् २०२५ को पहिलो ६ महिनामा ५६ लाख २० हजार

सिरियाको स्वेइदा प्रान्तमा जातीय समूहबीच झडप, ८९ जनाको मृत्यु

दमास्कस । सिरियाको दक्षिणी स्वेइदा प्रान्तमा सुन्नी बेदुइन समुदाय र ड्रुज लडाकूहरूबीच जारी

पाकिस्तानमा बाढीपहिरोमा परी १११ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु