भारतको पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसैनमाथि बम हमला भएको छ । मुर्शिदावाद जिल्लाको निम्टिटा रेल स्टेशनतर्फ जाँदै जर्दा उनीमाथि बम हमला भएको हो ।
बम हमलामा परी घाइते भएका मन्त्री हुसैन र उनका समर्थकहरूलाई उपचारका लागि जांगिपुर उपविभागीय अस्पतालमा लगिएको बीबीसी हिन्दीले जनाएको छ । मन्त्री हुसैनको अवस्था गम्भीर छ । केन्द्रीय मन्त्री पीयूष गोयलले बम हमलाकारीको निन्दा गरेका छन्।

प्रतिक्रिया