पाकिस्तानमा हिमपात र वर्षाका कारण कम्तीमा ८० जनाको मृत्यु



पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ६० जनाभन्दा बढी पाकिस्तान प्रशासित कश्मीरमा मारिएका थिए।

कश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएका छन्। अफगानिस्तानमा गत तीन दिनमा हिमपातका कारण २४ जनाको ज्यान गएको बताइएको छ।

त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन पुगेका छन् र केही विवरणमा जनाइएअनुसार मृत्यु हुनेको सङ्ख्या अझै धेरै हुन सक्छ।

पाकिस्तानको नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ। त्यहाँ कैयौँ मानिस फसेका छन्। उक्त क्षेत्रमा प्राकृतिक विपद् आइपरिरहने भए पनि यसपटकको विपद् निकै समययताको घातक मानिएको छ।

खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको छ भने भारत र अफगानिस्तानमा पनि प्रभाव परेको छ। पाकिस्तानको बलोचिस्तानमा २० जनाको ज्यान गएको बताइएको छ।

छिमेकी अफगानिस्तानमा पनि बाक्लो हिमपातका कारण २४ जनाको ज्यान गएको पुष्टि भएको छ। तीमध्ये अधिकांश विगत तीन दिनमा मारिएका थिए।

हिमपातपछि काबुललाई उत्तरी क्षेत्रसँग जोड्ने सालाङ पास बन्द गरिएको छ। भारत प्रशासित कश्मीरमा ८ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्दोलनमाथि घातक दमनको आदेश दिएको शेख हसिनाको अडियो सार्वजनिक

बीबीसी । बङ्गलादेशमा गतवर्ष विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको प्राणघातक दमन तत्कालीन प्रधानमन्त्री शेख

अमेरिकाको शुल्क स्थगनको निर्णयले विश्वव्यापी व्यापार अनिश्चितता झनै गहिरिने राष्ट्रसङ्घको चेतावनी

जेनेभा । संयुक्त राष्ट्रसंघले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित आयात शुल्क केही हप्ताका

युक्रेनमा विद्युतीय सवारीसाधनको बिक्री ३० प्रतिशतले वृद्धि

किएभ । युक्रेनमा चालु वर्षको पहिलो ६ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको

आर्थिक सुधारमा सफल हुँदै घाना, आईएमएफबाट निरन्तर सहयोग

अक्रा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले घानाको आर्थिक सुधार कार्यक्रमको चौथो समीक्षा