इरानमा पेट्रोलको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा कम्तीमा दुई जनाको मृत्यु



इरानमा पेट्रोलको मूल्यवृद्धि गरिएपछि सर्वसाधारण सडकमा उत्रिएका छन् । शुक्रबार पेट्रोलको मूल्य कम्तिमा ५० प्रतिशत बढाइएको थियो । सरकारले विपन्न वर्गलाई सहयोग गर्नका लागि रकम बचाउन चाहेको जनाएको छ ।

इरान अमेरिकी नाकाबन्दीका कारण पहिलादेखि नै समस्यामा रहँदै आएको छ ।  सन् २०१५ मा अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट आफूलाई पछाडि फर्काएको थियो । साथै इरानमाथि आर्थिक नाकाबन्दीको घोषणा गरेको थियो ।

सिरजन सहरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी इर्नाका अनुसार प्रदर्शनकारीले एक इन्धन गोदाममा आगो लगाउने प्रयास गर्दा उनीहरुको प्रहरीसँग झडप भएको थियो ।

त्यसक्रममा अर्का एक व्यक्तिको पनि मृत्यु भएको जनाइएको छ । विरोध प्रदर्शनबाट राजधानी तेहरान, करमंशाह, इस्फाहान, तबरिज, करादज, शिराज, यज्द, बेशेहर र सरी जस्ता सहर प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई १४ लाख डलर पुरस्कार

जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको