सुदूरपश्चिम । काठमाडौँमा आयोजना हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी शनिबार सार्वजनिक गरिएको छ ।
टोलीको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)कलेजका प्रबन्ध निर्देशक सुवास शाही, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी र टोलीका कप्तान शेर मल्लले आज संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।
टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खड्क बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, सौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी छन् ।

प्रतिक्रिया