काठमाडौँ । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा पुलिस र सातदोबाटोले २–२ गोलको बराबरी खेलेका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् ।

प्रतिक्रिया