भारतीय पूर्व क्रिकेटर तेन्दुलकर अस्पताल भर्ना


कोरोना संक्रमणपछि भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । सचिनले ट्वीट गर्दै चिकित्सकको सल्लाहअनुसार पूर्वसावधानी अपनाउन आफू अस्पताल भर्ना भएको बताएका छन् । सचिनले चिकित्सकीय सल्लाहबमोजिम अस्पताल भर्ना भएको र आफू केही दिनमै घर फर्कने बताएका छन् ।

सचिनले भारतीय क्रिकेट टिमले सन् २०११ मा विश्वकप जितेको १० वर्ष पूरा भएकोमा पनि बधाई दिएका छन् । सन २०११ मा आजकै दिन भारतीय क्रिकेट टिमले विश्वकप फाइनलमा श्रीलंकालाई हराएर उपाधि चुमेको थियो । यसअघि सचिनले शनिबार ट्वीटमार्फत नै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।