ईङल्याण्डबिरुद्धको चौथो टि–२० क्रिकेटमा ईण्डिया विजयी


ईङल्याण्डबिरुद्धको चौथो टि–२० क्रिकेटमा घरेलु टोली ईण्डिया विजयी भएको छ । भ्रमणकारी टोलीलाई ८ रनले हराउदै ईण्डियाले ५ म्याचको सिरिज २–२ को बराबरीमा ल्याएको हो ।

अहमदावादमा १ सय ८६ रनको उच्च लक्ष्य पछ्याएको ईङलिश टोलीले ८ विकेट गुमाएर १ सय ७७ रन बनाएपछि ईण्डियाले सानो अन्तरको जित निकाल्दै सिरिजमा फर्किएको हो । वेन स्टोक्सले ४६, जासन रोएले ४० र जोनी ब्रेष्टोले २५ रन बनाएपछि अन्यले गतिलो ब्याटिङ गर्न नसक्दा ईङल्याण्ड लक्ष्य भेट्न असमर्थ भयो ।

ईण्डियाका सारदुल ठाकुरले ३ तथा राहुल चहार र हार्दिक पाण्डेयाले समान २ विकेट लिए । भुवनेश्वर कुमारको नाममा एक विकेट रह्यो ।यसअघि अहमदावादमा पहिले ब्याटिङ गरेको ईण्डियाले ८ विकेट गुमाएर १ सय ८५ रनको उच्च योगफल तयार पारेको थियो ।

सुर्यकुमार यादवले सर्बाधिक ५७ रन बनाएको ईण्डियाको ईनिङसमा श्रेयस ऐरले ३७ र रिषव पन्तले ३० रन बनाए । ईङल्याण्डका जोफ्रा आर्चरले ४ तथा आदिल रासिद, मार्क उड, वेन स्टोक्स र साम कुरानले समान एक विकेट लिए ।