सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्रीले प्रोत्साहन प्याकेजको घोषणा गर्ने



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको समापनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पत्रकार सम्मेलन गरी स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसक्ने तर प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्ने जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक विजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्ने सदस्य सचिव सिलवालले जानकारी दिए । यस्तै सागको समापन कार्यक्रम उद्घाटन जस्तै भव्य हुने सदस्य सचिव सिलवालले बताए ।

समापन कार्यक्रम अघि नेपाल र भुटान बीच पुरुष फुटबल प्रतियोगिता हुनेछ । फुटबलमा भुटानका समर्थकहरुका लागि दक्षिणतर्फको प्याराफिटमा छुट्टै स्थान दिने पनि परिषदले बताएको छ ।

समापन कार्यक्रम अन्तर्गत १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण खेल हुनेछ । फुटबलको फाइनल खेलको समापन सँगै प्रतियोगिताको समापन कार्यक्रम सुरु हुनेछ समापन कार्यक्रम एक घण्टाको हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल’ चैत्र २४ देखि

भोजपुर । भोजपुर सदरमुकाममा यही चैत्र २४ गतेदेखि मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

खोटाङमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुँदै

खोटाङ । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी

कर्णालीविरुद्ध बागमतीको सहज जित

दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ

आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले