स्वरसम्राट स्मृति सम्मान २०७६ : रञ्जित गजमेर र जगतमर्दनलाई



काठमाण्डौ । स्वरसम्राट नारायण गोपालको २९ औें स्मृति दिवसका अवसरमा संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित भएको छ । बिहिवार २९ औें स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले गजमेर र थापालाई जनही २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो । थापालाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । गजमेर भने काम विशेषले बाहिर भएकाले कार्यक्रममा अनुपस्थित रहनुभएको कोषले जनाएको छ ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले स्वरसम्राट नारायण गोपालको स्मृतिसभामा सहभागी हुन पाउनु आफ्नो सौभाग्य भएको बताउनुभयो । कोषको नयाँ निर्माण हुने भवनको शिलान्यास समेत गरिएको छ । महानगरका प्रमुख शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाण्डौमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

ब्राजिल । ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६ मा हुने

मेचीनगर गोल्डकपको उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक

पारा एथलेटिक्स टोली स्वदेश फिर्ता

काठमाडौँ । नेपाली टोली विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ आज स्वदेश

‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को दुई विधाको मनोनयन सार्वजनिक

सुदूरपश्चिम । यही चैत ७ गते धनगढीमा आयोजना गर्न लागिएको ‘छैटौँ एसपीए सुदूरपश्चिम