काठमाडौँ । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरसँग भेटवार्ता गरेका छन् ।
सर वाकरको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी औपचारिक भ्रमणका लागि प्रधान सेनापति सिग्देल गत सोमबार बेलायत प्रस्थान गरेका थिए ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार प्रधानसेनापति सिग्देल र बेलायती सेनाका चिफ अफ द जनरल स्टाफबीच आज भएको भेटमा आपसी हित र नेपाल बेलायत सैनिक सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ ।
साथै यस भ्रमणका क्रममा उनले हिजो पनि विभिन्न उच्च सैनिक अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले गोरखा सैनिक स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेको पनि निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया