दोधारा–चाँदनी झोलुङ्गे पुलको बीच भाग नदीमा खस्यो, आवतजावत बन्द


कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमाथि रहेको एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलको बीच भागमा रहेको एक पिलरबाट पुल चुँडिएर नदीमा खसेको छ ।
बुधबार बिहान पुलका केही भागमा फलामका पाताहरू अस्वाभाविक रूपमा माथि उठेको देखिएको थियो। त्यसपछि पुल बीचको एक पिलरबाट चुँडिएर नदीमा खसेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको पिलरबाट पुल चुँडिएको हो।
नदीको बीच भागमा रहेको पिलरबाट पुल चुँडिएपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ। यो झोलुङ्गे पपुल दोधारा चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुल हो।
पुल २०६१ सालमा निर्माण सम्पन्न भएको थियो । अब आउजाउ गर्दा करिब दुई किलोमटर माथि पुगेर पक्की पुलबाट यात्रा गर्नुपर्नेछ ।