बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ । पुर्चौंडी नगरपालिका–६, छडाखोलामा सडकमाथिबाट पहिरो खसेपछि त्यहाँ यातायात सेवा अवरुद्ध भएको हो ।
सोमबार (असोज १२) बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय हिक्मत धानुकले जानकारी दिए । लगातारको वर्षाका कारण पहिरो खसेपछि सडकखण्ड अवरुद्ध बन्दा यातायातका साधन बीचबाटोमा नै रोकिएका छन् ।

प्रतिक्रिया