कोशी ब्यारेजमा अत्यधिक खतरा, ४० ढोका खुला


काठमाडौँ । कोसी ब्यारेजमा पानीको बहाव बढेको छ । शनिबार मध्यान्ह पानीको बहाव ३ लाख ३ हजार ७९५ क्युसेक पुगेको छ ।

ब्यारेजमा पानीको बहाव बढेसँगै जोखिमको अवस्था अत्यधिक खतराको तहमा रहेको जनाइएको छ । पानीको बहावलाई व्यवस्थापन गर्न ब्यारेजका ५६ मध्ये ४० वटा ढोका खोलिएको छ ।