भोटेकोसीको बाढीपछि ३८४ जना पर्यटक सम्पर्कविहीन


काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीपछि ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २९१ विदेशी र ९३ नेपाली पर्यटक सम्पर्कविहीन भएका हुन् ।

गोसाइँकुन्ड लगायत पर्यटकीय क्षेत्रतर्फ गएका पर्यटकहरू सम्पर्कविहीन भएका हुन् ।