नहरमा डुबेर चितवनमा दुई जनाको मृत्यु



चितवन । चितवनमा नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए ।

नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका हुन् । प्रहरीले नहरमा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको दीर्घकालीन

काठमाडौंमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक

राखेपलाई प्रधानमन्त्रीको निर्देशनः ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउनुस्

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि

सर्वोच्चको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई धराशायी बनाएको पूर्वन्यायाधीश फोरमको आरोप

काठमाडौँ । पूर्वन्यायाधीश फोरमले ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादमा सर्वोच्च अदालतले गरेको फैसलाले