कालीमाटी तरकारी बजारमा यसरी गरियो नमुना संकलन



काठमाडौं । बिहीबार कालीमाटी तरकारी बजारमा कोरोना परीक्षणका लागि नमुना संकलन गरेको छ । कालिमाटीमा ६ सय जनाको कोरोना परीक्षण गर्न नमुना संकलन गरिएको हो । काठमाडौं महानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धरका अनुसार २ सय जनाको पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको र ४ सय जनाको आरडिटी परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

थोक विक्रेता बढी व्यक्तिहरुको सम्पर्कमा रहनेहरुको पिसिआर र सवारी चालक तथा तरकारी ढुवानी गर्ने व्यक्तिहरुको आरडिटी परीक्षण गरिएको मानन्धरले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा काठमाडौं उपत्यकामा १० हजारको नमुना परीक्षण गरिने जानकारी दिए । चारदिन भित्र १० हजारको नमुना परीक्षण गरिसक्ने तयारी सरकारले गरेको छ । पहिलो चरणको रिपोर्ट आएपछि दोस्रो चरणका कार्यक्रम सुरु गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नुखेती गर्दै

तेह्रथुम । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको

वीरगञ्जमा खानेपानीको सङ्कटः समस्याको दीर्घकालीन समाधानमा जोड

वीरगञ्ज । वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड

धरहरा र आसपासको क्षेत्र

काठमाडौँको सुन्धारामा अवस्थित धरहरा र आसपासको क्षेत्र । गतवर्ष असोजदेखि सञ्चालनमा आएको धरहरा

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

टीकापुर(कैलाली)। बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ ।