त्रिवि शिक्षण अस्पतालमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण



काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ । शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता प्राप्त गरेको हो ।

प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रत्यारोपण चिकित्सक प्राडा रमेशसिंह भण्डारीको टोलीले करीब आठ घण्टा लगाएर सो प्रत्यारोपण गरेको थियो ।

प्राडा भण्डारीका अनुसार अस्पतालमा यो प्रत्यारोपण तेस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो । गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण भएको थियो । पहिलो प्रत्यारोपणमा ३३ वर्षीया छोरीले ५८ वर्षीय आफ्ना पितालाई कलेजो दिएकी थिइन् ।

विदेशको तुलनामा नेपालमा कलेजो प्रत्यारोपण कार्य सस्तो छ । प्राडा भण्डारीका अनुसार करीब २५ लाख रुपैयाँमा कलेजो प्रत्यारोपण गर्न सकिने छ । आफ्ना परिवारभित्रका सदस्यले मात्र कलेजोदान गर्न सक्ने कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।

मस्कुलर डिष्ट्रोफीको कार्ययोजना बनाउन डा. अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन

काठमाडौँ। मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन