बस र जिप आपसमा ठोक्किदा जिप चालकको मृत्यु



दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट पोखरातर्फ गइरहेको लु१च ७०४१ नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको ग१ख ४०२२ नम्बरको बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ का २१ वर्षीय रमेश थारू रहेका प्रहरीले जानकारी दिएको छ । तीव्रगतिमा आएका दुई सवारी घुम्तीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केरा बोकेर आउँदै गरेको जिप बसको ठक्करबाट पूर्णरूपमा क्षति भएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन

बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक

तानसेन (पाल्पा) ।बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने

लौका बेचर मासिक ४० हजार आम्दानी

इलाम। इलामको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक  ४० हजार आम्दानी