नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ आयोजना हुने



नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ आयोजना हुने भएको छ ।

विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गर्ने उद्देश्यका साथ आगामी असोज २४ र २५ गते काठमाडांैमा पहिलो पटक उक्त सम्मेलन आयोजना हुन लागेको हो ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने जानकारी गराइएको छ ।

विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गराउने मुख्य उद्देश्यसहित काठमाडौंमा उक्त अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रेशम तमूले जानकारी दिए ।

२ दिनसम्म चल्ने सम्मेलनमा विश्वका ४० वटा भन्दा बढि राष्ट्रका तमू प्रतिनिधिहरु सहभागी हुनेछन ।

सम्मेलनमा आदिवासी जनजातिसम्बन्धि संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको विश्वव्यापी घोषणा पत्र, तमू समुदायको उत्पत्ति, भाषा र संस्कृतिका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन

बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक

तानसेन (पाल्पा) ।बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने

लौका बेचर मासिक ४० हजार आम्दानी

इलाम। इलामको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक  ४० हजार आम्दानी