रोशनी र उनका पति चित्रजंगबीच सम्बन्ध विच्छेद गर्ने लिखित सहमति



काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ।

चित्रजंगले सम्बन्ध बिच्छेद गर्ने लिखित सहमति पत्र आफ्नो फेसबुकमा सेयर गरेका छन्। योसँगै उनीहरूको सम्बन्धबिच्छेद गर्ने कानुनी प्रक्रिया पनि अघि बढेको छ।

‘प्रिय जनहरू, थुप्रै उतारचढावका बीच बितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरू बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुसी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’ चित्रजंग शाहीले बिहीबार फेसबुकमा सेयर गरेका सम्बन्धबिच्छेद पत्रमा भनिएको छ।

उक्त सहमति पत्रमा दुवैले हस्ताक्षर गरेका छन्। संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले बुधबार आफूमाथि कुनै दुर्व्यवहार नभएको प्रहरीलाई लिखित जानकारी गराएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई

आगलागीबाट भोजपुरमा आठ जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा  भोजपुर नगरपालिका–१२, पारपानीका आठ

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्