पशुबध नगरी दशैं मनाऔं



भोलि बडादशैँको पहिलो दिन घटस्थापना,
दशैँ भन्नासाथ: पिङ खेल्ने, टीका लगाउने, पारिवार/इष्टमित्र/साथीभाइ भेटघाट, लामो समयको काम/पढाइलाई गुजारेर छुट्टी मनाउने,,
अझ दशैँ भन्ने बित्तिकै जोडिने अर्को कुरा मासु(आफुसँगै/आफ्ना छोराछोरी सँगै हुर्काईएको होस् वा किनेर ल्याईएको पशु) लाई बध गर्ने र विभिन्न परिकार बनाएर खाने र रमाउने !!!

यसपालिको दशैँमा पशुबध नगरिकनै अन्य धेरै खानेकुराहरुको साथमा यस पवित्र पर्वलाई मनाउने हो भने दशैँ साँच्चिकै पवित्र हुने थियो ।
आउनुस्, सबै मिलेर हामीले भन्ने गरेको लोककल्याणकारी समाज मात्रै नभई लोक साथसाथै पशुकल्याणकारी समाजको लागि हातेमालो गरौँ ।


उच्च चेतन अवस्थाका हामी मानव ईन्द्रिय तृप्तिको लागि मात्रै नभई सबै आनन्दले रमाउन सक्ने सुन्दर संसारको सुरुवातमा सँगसँगै अगाडि बढौँ । यसको लागि आफैंबाट र आफ्नो परिवारबाटै शुरु गरौँ


पशुलाई पशुकै स्थान ठीक छ, हामी त मान्छे,,,
हामी पशु बन्ने प्रयास गर्दै नगरौं ।
सात्विक भोजननै हाम्रो लागि पर्याप्त छ नि !!!

एउटा कुरा,,
तपाईंले अनि मैले,
नचाहेरै पनि जिन्दगीको सबैभन्दा मूल्यवान बस्तु गुमाउनै पर्दछ, त्यसकारण पनि प्राणी बध नगर्ने र कसैलाई गर्न विवश नबनाउने कुराको लागि प्रण गरौँ ।

तपाईंहरू सबैको कल्याण होस् ।
सबै पशुको पनि कल्याण होस् ।

उदयराज ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भीमफेदीले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्फ

सिङ्गो दलित परिवार नै नागरिकताविहीन

सप्तरी । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन