बाथमुटु रोग अनुसन्धान गर्न डा. रेग्मीद्वारा १० लाखको अक्षयकोष स्थापना



काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथमुटु रोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पुर्याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गरेका छन् ।

नेपाल हृदयरोग निवारण केन्द्रमार्फत कोष सञ्चालन हुुने सो कोषमा उनले १० लाख रुपैयाँ प्रदान गरेका छन् । कोषको रकम १० वर्षभित्र एक करोड पुर्याइने लक्ष्यसमेत राखिएको छ ।

पछिल्लो समय नेपालमा बाथमुटु रोगको अवस्था बढ्दो रहेकाले यसका बारेमा जनचेतना, अनुसन्धान र रोकथाम गर्न सामूहिक प्रयासको आवश्यकता भएकाले कोष स्थापना गरी नयाँ कार्यको शुरुवात गरेको उनले बताए ।

कोषको व्याजबाट प्राप्त रकम बाथमुटुरोगको अध्ययन, अनुसन्धान, निवारण गर्न तथा यी कार्यमा काम गर्ने व्यक्ति तथा संस्थालाई पुुरस्कृत गरिनेछ । प्रतिष्ठानका अनुसार नेपालमा एक प्रतिशत बालबालिकामा बाथ मुटुरोगको समस्या रहेको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।

मस्कुलर डिष्ट्रोफीको कार्ययोजना बनाउन डा. अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन

काठमाडौँ। मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन