कांग्रेसको विरोधकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित



विराटनगर । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ ।

प्रदेश नं.१ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भनि सदनमा प्रस्ताव पेश गरेका थिए ।

विधेयकको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सदस्यहरुले कडा विरोध गर्दै नारा लगाएर रोष्टम घेराउ गरे पनि मन्त्री घिमिरेले प्रस्ताव पेश गरेका थिए ।

विधेयक पारित भएपछि प्रदेशमा चाहिने जनशक्ति उत्पादन गर्न मद्दत पुग्ने, विश्वविद्यालयबाट आधारभूत, माध्यमिक र उच्चतहका जनशक्ति उत्पादन गरेर स्वरोजगार बनाउने तथा राष्ट्रलाई चाहिने जनशक्ति पूर्ति गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

विधेयक सदनमा प्रवेश गरेदेखि नै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले विरोध गर्दै आएको थियो । विधेयकलाई समृद्ध बनाउन विज्ञ, प्रदेश सदस्य, मन्त्री, कानूनविद्हरुसँग छलफल, सुझाव र परामर्श गरी विषयगत समितिमा लगिएको थियो ।

सामाजिक विकास समितिका सभापति सरिता थापाले विधेयकलाई बलियो, राम्रो र समृद्ध बनाउन हरेक किसिमको प्रयास गरिएको र राम्रा सुझावलाई ग्रहण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन

पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

गण्डकी । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ ।