उपनिर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन असम्भवः निर्वाचन आयोग



काठमाडौँ । निर्वाचन आयोगले आसन्न उप–निर्वाचनका लागि विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन नसकिने बताएको छ ।

संसदको राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले त्यसका लागि ठूलो तयारी र गृहकार्य आवश्यक रहेकोले तत्काल सम्भव नभएको बताएका हुन् ।

थपलियाले प्राविधिक हिसाबले पनि ठूलो तयारी गर्नुपर्ने भएकोले आसन्न निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई सहभागी गराउन नसकिने बताए ।

तर यसपछिका निर्वाचनमा त्यो व्यवस्था लागु गर्नका लागि निर्वाचन आयोगले अध्ययन गरिरहेको उनले बताए । यसअघि सर्वाेच्च अदालतले पनि ठूलो संख्यामा नेपाली मतदाताहरु विदेशमा रहेकाले उनीहरुलाई पनि विदेशबाटै मतदानको व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन

बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक

तानसेन (पाल्पा) ।बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने

लौका बेचर मासिक ४० हजार आम्दानी

इलाम। इलामको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक  ४० हजार आम्दानी