साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्न महानिरीक्षक खनालको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता तथा उपनिर्वाचन हुने स्थानमा शान्ति सुरक्षामा कुनै किसिमको कमी कमजोरी नगर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

यही मङ्सिर १५ देखि २४ सम्म हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) तथा मङ्सिर १४ गते केही स्थानमा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा शुक्रबार महानगरीय प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् ।

नेपाल प्रहरी कुनै पनि चुनौतीको सामना गर्न सक्षम रहेको चर्चा गर्दै उनले विगतका अनुभव र अभ्यासको उपयोग गर्दै थप संवेदनशिल भई व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिए ।

नेपालमा आयोजना हुन लागेको सागको सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरका रुपमा लिई जिम्मेवारी वहन गर्न आग्रह गर्दै उनले समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए ।

खेलकुद प्रतियोगिताको अवधिमा सुरक्षा व्यवस्थाप्रति सबै प्रहरी कर्मचारीले त्रुटिरहित तरिकाले खेलाडीको सुरक्षा, निवासस्थान, समारोहस्थल, खेल मैदानका साथै ट्राफिक व्यवस्थापनसमेतमा उत्तिकै सक्रिय भई कार्यसम्पादन गर्न उहाँले प्रहरी अधिकृतलाई निर्देशन दिए । उनले सम्भावित घटना तथा अवाञ्छित गतिविधिको पहिचान गरी सूचना सङ्कलन तथा विश्लेषण गर्दै प्रहरीको सक्रियता बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्

कसले सम्हाल्छ अब नेपाल प्रहरीको कमाण्ड ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन् । महानिरीक्षक कुँवरसहित

मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका संयन्त्रहरुको समन्वयात्मक उपयोगबाट