काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । ४६ सय मतगणना हुँदा पौडेलले २ हजार ६५७ मत प्राप्त गरेका छन्।
महामन्त्रीको खुलातर्फ उदयशमशेर राणाले १ हजार ४९१, डा. सुनीलकुमार शर्माले १ हजार ३८७, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२० र नैनसिंह महरले ६६८ मत प्राप्त गरेका छन्। शंकर तिवारीले ८८ मत पाएका छन् ।
उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी सबैभन्दा अगाडि छन्। उनले २ हजार ३४३ मत प्राप्त गरेका छन् । मधु आचार्यले १ हजार ४४१, गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५० र धनराज गुरुङले १ हजार ५३ मत पाएका छन्। त्यस्तै दीपक गिरीले ६३८ र प्रा. डा. चन्द्रमोहन यादवले ३८७ मत प्राप्त गरेका छन् ।
उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा बिनोदकुमार चौधरीले १ हजार १४५ मतसहित अग्रता लिएका छन्। जीवन परियारले १ हजार १०७, सीता गुरुङले ७४९, फरमुल्लाह मंसुरले ६३७ र रञ्जित कर्णले ३५२ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले २ हजार ३७ मत प्राप्त गर्दै अग्रता बनाएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ र रीता खनालले ४६६ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया