कांग्रेस महाधिवेशनः सभापतिको नतिजापछि मात्रै अन्य पदको मतगणना हुने


काठमाडौंँ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापतिका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आजै मतगणना हुने जानकारी दिए ।

अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने उनले बताए ।