कांग्रेस केन्द्रीय समिति बैठकमा गगन थापा अनुपस्थित


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा सभापति गगन थापा भने उपस्थित भएका छैनन् ।

उनले सभापतिबाट राजीनामा दिइसकेका छन् । थापा अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर बैठक सुरु भएको हो । बैठकमा निर्वाचनको समीक्षा हुने बताइएको छ ।