काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनमा ओलीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
तेस्रो पटक अध्यक्ष हुन ओली अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार एमालेको नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ ।

प्रतिक्रिया