काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रक चन्द विप्लवले देशको स्वाधिनता र प्राप्त उपलब्धिको रक्षा गर्न सम्पूर्ण कम्युनिष्ट विचारधारका पार्टी एकताबद्ध हुनुपर्ने बताएका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन कार्यक्रममा उनले विगतमा ठूलो सङ्घर्ष गरेर मुलुकलाई यहाँसम्म दलले ल्याएका स्मरण गर्दै वर्तमान परिस्थितिमा जनताले एमालेलाई नजिकबाट हेरिरहेका बताए ।
महासचिव चन्दले देशको स्वाधिनताका लागि एमालेसँग सहकार्य गरेर जाने बताउँदै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर नयाँ युगलाई सम्बोधन गर्न सक्ने गरी एउटै रातो झण्डामुनि सबै कम्युनिष्ट हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया