प्रचण्डजी तपाईं के बोल्दै हुनुहुन्छ ?



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अभिव्यक्ति दिँदा कुन्ठा मात्र नपोख्न आग्रह गरेका छन् । आइतबार सामाजिक संजालमार्फत पोखरेलले तथ्य एकातिर र बोली अर्कैतिर भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ? यी तथ्यहरुले तपाईंको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ । तपाईं प्रधानमन्त्री हुँदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ । विदेशी मुद्राको संचिति बढेको छ । शोधनान्तर स्थितिमा उल्लेख्य बचत छ । निर्माण व्यावसायीलाई काम बापतको तपाईंको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ ।’

महासचिव पोखरेलले सहकारीमा भएको घोटालाको छानबिन र कारबाहीको प्रकृया अघि बढेको तथा साना वचत कर्ताको वचत फिर्ता गर्ने प्रकृया सुरुभएको बताएका छन् ।

उनले भनेका छन्, ‘निर्माण ठप्प रहेका ठूला आयोजनाहरुको काममा तिव्रता आएको छ । जस्तो पोखरा –मुग्लिन सडक, गैडाकोट– वुटवल सडक आदि । भुकम्प र बाढीपीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ । वैंकको तरलता वृद्धि भएको छ । व्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ । कानून निर्माणको कामले तीव्रता पाएको छ । सहकारीमा भएको घोटालाको छानविन र कारबाहीको प्रकृया अघि वढेको छ । साना वचत कर्ताको वचत फिर्ता गर्ने प्रकृया सुरुभएको छ । कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको छ । कानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ । भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ । उपरोक्त कारणले नै तपाईंको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न

निषेध गरेर लाने भए सरकारले औपचारिक रुपमै भन्दियोस् तिमीहरु विद्रोहमा जाउः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै

सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छः प्रचण्ड

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन