सङ्घीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छः नेता सिटौला



सुनसरी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएका कारण समस्या भइरहेको बताएका छन् ।

शनिबार नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशको पाँचौँ प्रदेश सम्मेलनमा उनले अझै केन्द्रीकृत एकात्मक मानसिकता कायम रहेको बताए ।

काँग्रेस राष्ट्रिय सभाका नेता सिटौलाले व्यवस्थाअनुसारको सोच र सामन्तवादी संस्कार बदल्न आवश्यक रहेको धारणा राखे।

“संघीयतामा जानु भनेको संघीयताको मर्मअनुसारका व्यवस्था इमानदारीका साथ कार्यान्वयन गर्नु हो तर हरेक क्षेत्रमा समस्या छ । भएकै अधिकारको पनि विकेन्द्रीकरण गर्न सकेका छैनौँ । यसर्थ हाम्रो संस्कारलाई नबदलेसम्म राज्य संरचना राम्रोसँग चल्दैन”, उनले भने ।

नेता सिटौलाले दुई ठूला पार्टी नेकपा (एमाले) र काँग्रेसले संविधान संशोधनको मुद्दा उठाएर सरकार गठन गरे पनि हालसम्म यस विषयमा कुनै ठोस छलफल नगरेकामा चिन्ता व्यक्त गरे । उनले भने, “अब सबै दलहरूले एक पटक छलफल गर्ने बेला आएको छ । संघीय राज्य व्यवस्थाले जनताको अपेक्षालाई कतिको सम्बोधन गर्न सकेको छ भन्ने कुरा सबै दलले एक पटक सोच्न आवश्यक छ ।”

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, राजीव कोइराला, राजीव ढुंगानालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छः अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले विकास निर्माणको सबै काम प्रदेश

नारायणकाजीको प्रस्तावः सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक

सरकारको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छः सांसद गिरी

  काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार