वामदेव गौतम भन्छन्-नीति तथा कार्यक्रममा आन्दोलन रोक्ने किसिमको कुनै शब्द उल्लेख गरिएन
काठमाडौँ । सांसद वामदेव गौतमले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा कमजोरी रहेको बताएका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी गरेको प्रस्तावमाथिको छलफलका क्रममा गौतमले नीतिगत पक्ष धेरै भएको र कार्यक्रमको पक्ष कमजोर रहेको टिप्पणी गरे ।
‘नीति तथा कार्यक्रमले भ्रष्टाचार उन्मुलन गर्ने किसिमको योजना ल्याउन सकेन, आन्दोलन रोक्ने किसिमको कुनै शब्द उल्लेख गरिएन’, उनले भने, ‘संविधानले मार्गदर्शन गरेको समाजवादभन्दा अन्य व्यवस्थामा जान सकिदैन । समाजवादउन्मुख नीति तथा कार्यक्रम हुनुपथ्र्यो ।’