पाटन संयुक्त क्याम्पसमा नेविसंको प्यानल नै विजयी


काठमाडौँ । पाटन संयुक्त क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । सभापतिमा रोहित कपाली निर्वाचित भएका छन् ।

शनिबार भएको स्ववियु निर्वाचनको अन्तिम परिणाम अनुसार कपालीले ९०६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका तिलकबहादुर कुमालले ३६५ मत प्राप्त गरेका थिए । यस्तै सचिवमा रुपक न्यौपाने विजयी भएका छन् । कोषाध्यक्षमा प्रज्वल तामाङ विजयी भएका छन् ।