कानुनी अनुसन्धानको प्रणाली सुधार्नुपर्छ : न्यायाधीश मल्ल



लुम्बिनी । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको वर्तमान प्रणालीलाई सुधार गर्नुपर्ने बताएकी छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कुल अफ ल ले आयोजना गरेको ‘राष्ट्रिय अभ्यास अदालत’ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा नेपालको संविधानले करुणासहितको न्यायको कल्पना गरेको उनले बताइन्।

अरुलाई पीडाबाट मुक्त गराउनु न्यायको अभिप्राय भएको उल्लेख गर्दै उनले भनिन्, ‘कानुन र करुणा एकअर्काका विपरीत होइनन्, कानुनले न्याय बुझ्नुपर्छ, करुणायुक्त न्याय आजको आवश्यकता हो, त्यसो भएन भने न्याय हुँदैन । अपराधको अनुसन्धान र अभियोजनामा पनि करुणा हुनुपर्छ ।’

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले कानुनमा न्यायिक करुणाको व्यवस्था हुनुपर्ने विचार व्यक्त गरे। महान्यायाधिवक्ता रमेश बडालले बुद्धले दिएका सन्देशलाई न्याय प्रणालीमा रूपान्तरण गर्दै जान आवश्यक रहेको बताए।

नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले बौद्ध न्याय प्रणालीलाई न्यायसम्पादनमा अनुशरण गर्दा कानुनी क्षेत्रमा नयाँ अभ्यास स्थापित हुने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गर्दै आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका

विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छः अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले विकास निर्माणको सबै काम प्रदेश

नारायणकाजीको प्रस्तावः सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक

सरकारको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छः सांसद गिरी

  काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक