बाग्लुङ घटना अमानवीय र निन्दनीयः कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले बागलुङ, गुल्मी र प्यूठानको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय रहेको भन्दै छानविन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी घटना योजनावद्ध भएको उल्लेख गर्दै गहिरो अनुसन्धान गर्न माग गरेका हुन् । आइतबार होली मेलामा भएको झडपमा प्रकाश कुँवर र दीपक नेपालीको मृत्यु भएको थियो । कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् । दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको शर्माले बताएका छन् ।