जनकपुरधाम । जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहने बताएका छन् ।
जमिअत उलमाए नेपालद्वारा सोमबार जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषय अन्तरक्रियामा अध्यक्ष यादवले मुलुकमा ठूलठूला राजनीतिक परिवर्तनहरु भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेको बताए ।
उनले भेदभाव र असमानता यथावत रहेसम्म संघर्षलाई निरन्तरता दिनु बाध्यता भएको बताए । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले मुश्लिम समुदायलाई शिक्षामा जोड दिन आग्रह गरे । अशिक्षाकै कारण मुस्लिम समुदाय गरिवी र असमानताको शिकार भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले बालबालिकाको शिक्षामा जोड दिन आग्रह गरे ।

प्रतिक्रिया