हातको स्वच्छताको सन्देश नागरिकसम्म पुर्याउन राष्ट्रपतिको आग्रह



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको बताएकी छन् ।

‘विश्व हात धुने दिवस’ (अक्टोबर १५) का अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको उल्लेख गर्दै कोरोना भाइरसलाई निष्क्रिय बनाई सङ्क्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको बताइन् ।

उनले सरसफाइ गुरूयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइसम्बन्धी संवैधानिक व्यवस्था आदिले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको जनाएकी छन् । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

सन्देशमा भनिएको छ, “कोभिड–१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता छ ।”

उनले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिकस्थल आदिमा साबुनपानीले हात धुने सुविधा, सोसम्बन्धी नौला र सिर्जनशील उपाय एवं प्रविधिको विकास र विस्तारमार्फत हातको स्वच्छतासम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पनि आह्वान गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउने प्रस्ताव एमाले सचिवालय बैठकबाट अनुमोदन(भिडियो)

काठमाडौं । नेकपा एमालेले दुई वर्षको कार्यकाल र ७० वर्षको उमेर हद हटाएको

एमालेमा वरिष्ठ उपाध्यक्ष नराख्ने, पदाधिकारी ११ मा सीमित गर्ने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको

विधान विपरीत भएका निर्णयहरु सच्याउन पार्टी नेतृत्वलाई राप्रपाका चार नेताको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका चार नेताले विधानको खुल्लम खुल्ला उल्लंघन र स्वेच्छाचारी

रामवरण यादवले थिति बसाउन गरेको प्रयासलाई भण्डारीले उल्लंघन गर्नुभयोः प्रधानमन्त्री ओली

काठमाडैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीति गर्न लागेकोप्रति