विशेषज्ञको सल्लाहमा बन्दाबन्दी खुकुलो बनाउँदै लैजान राप्रपा अध्यक्ष राणाको सुझाव



काठमाडौं । सरकार र सत्तारुढ नेकपालाई सचेत गराएबमोजिम अध्यादेश खारेजी भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले स्वागत गरेका छन् ।

‘अस्थिरता निम्त्याउने, संविधानको मर्म र शक्ति पृथकीकरण विपरीतका अध्यादेश खारेज हुनु स्वागतयोग्य छ । प्रजातन्त्र धराप पर्ने खतरा दृष्टि गर्दै, सरकार र सत्तारुढ नेकपालाई अध्यादेश फिर्ता लिन राप्रपाले सचेत गरेकै थियो,’ राणाले शुक्रबार भने ।

राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भए लगत्तै राप्रपा विरोधमा उत्रेको थियो । नेपाली कांग्रेसलगायत चार दलको संयुक्त वैठकमा समेत राप्रपा सहभागी थियो ।

राप्रपा अध्यक्ष राणाले कोभिड–१९ सम्बन्धी नीति पनि सरकारले अद्यावधिक गर्दै लानु पर्ने सुझाव दिएका छन् । स्वास्थ्य तथा विषयगत विशेषज्ञको राय सल्लाहमा कोरोना संक्रमणको अवस्था मध्यनजर गरेर आवश्यक रणनीति अख्तियार गर्नु पर्ने उनको भनाइ छ ।

राणाले ट्वीट गर्दै भने, ‘सरकारले कोरोना र बन्दाबन्दीका नीति अद्यावधिक गर्नु पर्दछ । संक्रमणका हटस्पट र भारतीय सीमावर्ती क्षेत्रमा कडा निगरानी कायम राख्दै, संक्रमण नदेखिएका जिल्लामा स्वास्थ्य र विषयगत विशेषज्ञको सल्लाहमा बन्दाबन्दी खुकुलो बनाउदै लाने र आर्थिक गतिविधि सहज तुल्याउने नीति लिनु उपयुक्त हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका वरिष्ठ नेता पशुपति शम्सेर जबरालाई जनसम्मान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं। ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’

सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ

-डा. बाबुराम भट्टराई । माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच