निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।  आगामी माघ ९ गते १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको हो ।

नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ तथा रानीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४८ बमोजिम मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर तथा महानगरपालिकाका प्रमखु र उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउने छन् । राष्ट्रियसभाको उम्मेदवार बन्न अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको र संविधानले तोके बमोजिम योग्यता भएको नेपाली नागरिक हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । यसअघि दर्ता भएका वा नभएका दलहरुले निर्वाचनमा भाग लिन चाहेको अवस्थामा आवश्यक कागजातसहित आयोगमा निवदेन दिन उनले आग्रह गरे ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन दार्ता हुने पुराना दलहरुले गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्य अर्थात् १८ सिटका लागि निर्वाचन हुँदैछ । एकजना सदस्यलाई राष्ट्रपतिले मनोनयन गर्नेछिन् ।

पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९ (एक राष्ट्रपतिबाट मनोनित समेत), नेपाली कांग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २ र समाजवादी पार्टीका १ एकजनाको २ वर्षे कार्यकाल फागुन २० मा सकिँदै छ । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन ३५ दिन बाँकी रहँदा निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्व लागिपरेका छन्ः समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा हुने विरोध प्रदर्शनमा सहभागी हुन

रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति नेता केसीको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सार्वजनिक

बीआरआईमार्फत नेपाल-चीन सहकार्य अझै मजबुत हुँदै गएको छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी

उपसमिति बनाएर भएपनि तत्काल विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले