ब्रिटिस सेना भर्तीमा भएको विभेद अन्त्य गर्न सरकारसँग माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल व्रिटिस सेनामा नेपाली नागरिकलाई भर्ना लिने काम नेपाललाई मान्य नहुने बताएका छन् ।

गोर्खा भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठीलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले कुनै पनि मुलुकको दासको रुपमा सेनामा भर्ना हुने कुरा नेपाललाई मान्य नहुने बताएका हुन् ।

उनले भूतपूर्व गोर्खा सैनिकहरुले विगतमा भोग्दै आएका विभेदको अन्त्य हुने गरी व्रिटिस सरकारसँग वार्तामा बस्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले भूतपूर्व गोर्खा सैनिकहरुमाथि हुँदै आएको विभेद अन्त्य हुने गरी व्रिटिस सरकारसँग निर्णायक वार्ता गर्न सरकारसँग माग गरे ।

उनले मुलुक शान्ति र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अब सरकारले कुनै पनि नागरिकलाई सम्मानजनक ढंगले राष्ट्र भित्रै रोजगारीको अवसर सृजना गर्नुपर्ने बताए।

कार्यक्रममा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले मानव अधिकार र कानुनी दुवै दृष्टिले भूतपूर्व गोर्खा सैनिकहरुमाथि गरिएको विभेदपूर्ण व्यवहार अन्त्य हुने गरी व्रिटिस सरकारसँग वार्ता गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावाद र अतिवादको शिकारमा नेपाल पर्ने खतरा छः एमाले

काठमाडौं । नेकपा एमालेले जनताका असन्तुष्टि भड्काउने प्रयास भइरहेको बताएका छन् । शुक्रबारको

कांग्रेस नबाहिरिएसम्म सरकार ढल्दैनः प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले

कानुन निर्माणमा ढिलाइ हुँदा नागरिकमा असन्तुष्टि देखियोः सभामखु घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाको छैठौँं अधिवेशनको पहिलो बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा

सत्ता गठबन्धनमा कुनै खटपट नरहेको देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदल नहुने बताएका छन्