समापन हुँदै नेपाली काङ्ग्रेसको जागरण अभियान



काठमाडौं । नेपाली काङ्ग्रेसको गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आज मुलुकभर विभिन्न कार्यक्रम गरी समापन हँुदैछ ।

समापनका अवसरमा ७७ जिल्ला सदरमुकाममा काङ्ग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोध र्यालीसहित सभा गरिने पार्टी कार्यालयले जनाएको छ ।

विरोध प्रदर्शन मूलत बढ्दो महँगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरणलगायत), महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।

यसबाहेक जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दालाई पनि प्राथमिकताका साथ उठाइने उनले बताए

समापनका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले समेत विभिन्न जिल्लाका सभालाई सम्बोधन गर्नेछन् । जागरण अभियानको समापनका अवसरमा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले रोल्पा, उपसभापति विमलेन्द्र निधिले कैलाली, अर्का उपसभापति विजयकुमार गच्छदारले भक्तपुर, महामन्त्री डा शंशाक कोइरालाले खोटाङ, सहमहामन्त्री डा प्रकाशशरण महतले अछाम, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, नेता गोपालमान श्रेष्ठले काठमाडौँ, नेता कृष्णप्रसाद सिटौलाले सुनसरीमा सम्बोधन गर्नेछन् ।

पार्टी सभापति शेरबहादुर देउवाले कैलालीको धनगढीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपनि चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले भेट्ने कार्यक्रम तय भएकाले त्यहाँ उपसभापति निधिलाई पठाइएको काङ्ग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका महामन्त्री धवलशम्सेर राणा रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणा रिहा भएका छन् ।

जे आउँछ मज्जाले पचाउँछ भनेको जस्तै म सबै कुरा डाइजेष्ट गरिहाल्छु

केपी शर्मा ओली । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको

दल र नेताहरुप्रति किन जनताको यतिधेरै आक्रोश ? यस्तो छ प्रचण्डको बुझाइ

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका बँधुवा श्रममा आधारित प्रथा