कूटनीति चाप्लुसी होइन, राष्ट्रिय स्वाभिमान जोगाउने माध्यम हो : सांसद न्यौपाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले कूटनीति भनेको कसैलाई होच्याएर वा चाप्लुसी गरेर आफूलाई अग्लो देखाउनु नभई राष्ट्रको स्वाभिमान जोगाउँदै राष्ट्रिय हित सुरक्षित गर्नु भएको बताएका छन् ।

सामाजिक संजालमार्फत उनले लोकप्रियता व्यंग्य, कटाक्ष र परनिर्भरताको प्रदर्शनबाट नभई नतिजामुखी काम, सन्तुलित अभिव्यक्ति र स्वाभिमानी व्यवहारबाट हासिल हुने बताएका हुन् । सांसद न्यौपानेले इतिहासले कसले कसलाई के भन्यो भन्नेभन्दा पनि कसले देश र जनताका लागि के गर्यो भन्ने कुरा सम्झने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘कूटनीति भनेको कसैलाई होच्याएर वा कसैको चाप्लुसी गरेर आफू अग्लो देखिनु होइन, आफ्नो राष्ट्रको स्वाभिमान जोगाउँदै राष्ट्रिय हित सुरक्षित गर्नु हो । लोकप्रियता व्यंग्य, कटाक्ष र परनिर्भरताको प्रदर्शनबाट होइन, नतिजामुखी काम, सन्तुलित अभिव्यक्ति र स्वाभिमानी व्यवहारबाट हासिल हुन्छ। इतिहासले कसले कसलाई के भन्यो भन्नेभन्दा पनि कसले देश र जनताका लागि के गर्यो भन्ने कुरा सम्झन्छ।’