काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित भएका छन् । पौडेल सर्वाधिक ४ हजार १९४ मतसहित विजयी भएका छन् ।
अर्का विजयी उम्मेदवार उदय शमशेर राणाले २ हजार ३३० मत प्राप्त गरे । महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे ।
महिला एक पदमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् । उनले ३ हजार ११८ मत प्राप्त गर्दा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन् ।

प्रतिक्रिया