कांग्रेस महाधिवेशन : सभापतिदेखि महामन्त्रीसम्म यस्तो छ उम्मेदवारको सूची


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  सभापतिमा तीन जनाको प्रतिस्पर्धा हुने भएको छ भने उपसभापति र महामन्त्रीका विभिन्न समूहमा पनि उम्मेदवारको संख्या बढेको छ । सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको छ । महिला उपसभापतिमा पुष्पा भुसाल उम्मेदवार बनेकी छिन् ।

खुला उपसभापति पदमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन् ।

समावेशी समूहअन्तर्गत उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रन्जित कर्ण उम्मेदवार बनेका छन् ।

खुला महामन्त्री पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् । महिला महामन्त्री पदमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालबीच प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिमा
गगनकुमार थापा
श्यामकृष्ण खड्की
किशोरसिंह राठौर

वरिष्ठ उपसभापतिमा
विश्वप्रकाश शर्मा

उपसभापति महिला
पुष्पा भुसाल

उपसभापति खुल्ला
डा. चन्द्र भण्डारी
देवराज चालिसे
सुरेन्द्रराज पाण्डे
मधु आचार्य
डा. मिनेन्द्र रिजाल
दीपक गिरी
धनराज गुरुङ
गोविन्द भट्टराई
डा चन्द्रमोहन यादव

समावेशी उपसभापति
जीवन परियार
बिनोद चौधरी
फर्मुल्लाहा मनसुर
सीता गुरुङ
रन्जित कर्ण

खुल्ला महामन्त्री
प्रदीप  पौडेल
गुरुराज घिमिरे
उदय शमशेर राणा
अमरसिंह पुन
नैनसिंह महर
शंकर तिवारी
डा सुनिल शर्मा
डा सन्तोष उपाध्याय

महामन्त्री महिला
डा डिला संग्रौला
डिना उपाध्याय
रिता खनाल