कांग्रेस महामन्त्रीमा डा. सुनिलकुमार शर्माको उम्मेदवारी


काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्ताका क्रममा डा सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

यसअघि केन्द्रीय सदस्य रहेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ ।