काठमाडौँ । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा संकलन भएको रकमबारे जानकारी गराउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद कँडेलले राहत कोषमा जम्मा भएको रकम र खर्चको विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले भने, ‘कोषमा कति पैसा जम्मा भयो ? कति पैसा खर्च भयो ? कहाँ–कहाँ गयो ? औपचारिक रूपमा त्यसका बारेमा यो सांसदमा प्रस्ट सम्पूर्ण खर्चको विवरणसहित आओस् भन्ने म चाहन्छु ।’

प्रतिक्रिया